दोलखामा कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट, तीन जना पक्राउ

 असार १३, २०७८ आइतबार १३:५:१२ | उषा तामाङ
unn.prixa.net

दोलखा - दोलखामा कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको काेभिड-१९ अस्थायी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई युवाहरुको एक समूहले गएराति कुटपिट गरेको हो ।

जाँडरक्सी खाएर आएका युवाहरुले कुटपिट गरेका डाक्टर रोविश कार्कीले जानकारी दिनुभयो । आफूमाथि हातपात गर्न थालेपछि भागेर अस्पताल भवनभित्र चुकुल लगाएर ज्यान जोगाएको कार्यालय सहयोगी टोपबहादुर मिजारले बताउनुभयो ।

घटनामा संलग्न तामाकोशी गाउँपालिका मालुका गोपाल तिमल्सिना, रोशन पोखरेल र बिजुली नेपालीलाई पक्राउ गरी अनुसन्धान थालिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे पुर्पक्षको लागि थुनामा राखेर २ देखि ५ वर्षसम्म कैद वा २ लाख देखि ५ लाख जरिबाना वा दुवै सजाय हुन सक्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया