अनि सप्तरीमा सडकमै धान राेपियाे...

 असार १५, २०७८ मंगलबार १९:९:९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – आज असार १५ गते अर्थात् धान दिवस । हुन त आज देशभरि खेतमा धान राेपेर दिवस मनाइएकाे छ । तर सप्तरीमा भन्ने धान दिवसका अवसरमा स्थानीयवासी युवाहरूले सडकमै धान रोपाइँ गरेका छन् । 

सामान्य वर्षामा पनि सप्तरीको पातो–कठोना सडक खण्ड हिलाम्मे बनेको भन्दै आक्रोशित युवाहरूले सडकमै धान रोपाइँ गरेका हुन् । वर्षाैँदेखि याे सडक खण्ड जीर्ण रहेको तथा सामान्य वर्षामा पनि हिलाम्मे बनेको भन्दै स्थानीय युवाहरूले याे सडकमा धान रोपाइँ गरेको डाक्नेश्वरी नगरपालिका ७ का अर्जुन यादवले बताउनुभयाे ।

डाक्नेश्वरी नगरपालिकाका पातो, भुतहि, ओरहि, कबिलासा, गम्हरिया प्रवाहा, ब्रहमपुरलगायत बोदे बर्साइन नगरपालिकाका विभिन्न वडाका स्थानीयवासीले दिनहुँ याे सडक भएर आवतजावत गर्नुपर्ने भए पनि यसकाे निर्माणमा कुनै निकायले पहल नगरेको उनीहरूले बताएका छन् ।

सडककाे बारेमा सडक डिभिजन कार्यालय र नगरपालिकालाई जानकारी गराउँदा पनि ध्यान नदिएको स्थानीयवासीकाे आराेप छ । 

उनीहरूले यस सडकका बारेमा सम्बन्धित निकायले समयमै ध्यान नदिएमा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । यसबारेमा डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया