सप्तरीको श्रीलङ्का टापुमा बिजुली पुग्याे

 असार १७, २०७८ बिहिबार १८:२०:२९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका वडा नम्बर १३ को श्रीलङ्का टापु अर्थात् गोबरगाढामा बिजुली जोडिएको छ । झन्डै दुई करोड ५० लाख रुपैयाँको लागतमा विद्युत् सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।   

गाेबरगाढामा बिजुली जाेडिएपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी लटु यादवले बताउनुभयो । 

श्रीलङ्का टापु एलानी जग्गामा बसोबास भएको बस्ती हो । बस्तीमा विद्यालय, स्वास्थ्य चौकीलगायतका पूर्वाधार भए पनि बिजुली पुगेको थिएन । टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत् सेवा जडान भएको विद्युत् प्राधिकरण शाखा सप्तरी राजविराजका प्रमुख अमोदकुमार यादवले बताउनुभयो । 

हनुमाननगर कङ्कालनी नगरपालिकादेखि ६ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत् सेवा विस्तार गरिएको हो । संरचना निर्माणको काम थालेको दुई वर्षमा गाउँमा विद्युत् पहुँच पुर्‍याउन सफल भएको वितरण केन्द्रले जनाएको छ । 

गाउँमा विद्युत् पुगेपछि बत्ती बाल्न, मोबाइल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज हुनेछ । 

श्रीलङ्का टापुमा विद्युत् पुगेपछि सप्तरीमा पूर्ण विद्युतीकरण भएको पनि यादवले बताउनुभयो । वितरण केन्द्रका अनुसार मिटर जडान गर्नका लागि स्थानीयवासीसँग नम्बरी जग्गा नभएको हुँदा धरौटी राखेर मिटर जडान गर्नुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • राजेन्द्र

    July 2, 2021, 1:42 p.m.

    राम्रो काम हो अब सुरक्षा मा राम्रोसँग ध्यान जाअौस

  •  0 Reply

तपाईको प्रतिक्रिया