हेटौँडामा अन्तर्राष्ट्रियस्तरकाे कृषि थोक बजारकाे निर्माण सुरु

 असार १८, २०७८ शुक्रबार २०:३९:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँकाे लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु भएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो । 

कृषि थोक बजारको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको र भविष्यमा यो थोक बजारबाट सबैले फाइदा लिने मेयर हरिबहादुर महतले बताउनुभयो । 

दुई बिघा चार धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण गर्न लागिएको हाे । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको मेयर महतले बताउनुभयो । 

थोक बजारका कारण किसानहरूले न्यून मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढी हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हेटौँडावासीका लागि गौरवको काम भएको बताउनुभयो । कुनै पनि बहानामा कृषि थोक बजार निर्माणको काममा ढिलाइ नगर्नका लागि उहाँले निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले समयअघि नै काम सकेर पुरस्कार लिनका लागि आग्रह गर्नुभयो । कृषि थोक बजार निर्माणमा मन्त्रालयको तर्फबाट कुनै पनि वाधा हुन नदिने र सहयोग गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया