सप्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाकाे ज्यान गयाे

 असार २५, २०७८ शुक्रबार १३:५३:२९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य एक जना घाइते भएका छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीवार राति कुटाकुट भएको हो । सप्तरीको राजविराज नगरपालिका –९ जगदरीका एजेन्ट मो.सनाउल मामाघर लालपट्टी पुग्नुभएकाे थियाे । त्यही क्रममा छोरालाई वैदेशिक रोजगारीमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीयवासी मो.इजराइल र एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो.इझारुल मियाँले बताउनुभयो ।

विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातिलाई बचाउन पुग्नुभएका सनाउलका नाना ७० वर्षीय मो.दाउन मियाँ चोट लागेर घाइते हुनुभएकाे थियाे । 

उपचारका लागि राजविराजकाे छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताउनुभयो  । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया