वडाध्यक्षको कीर्ते सही गरी नागरिकता बनाउन खोज्ने ज्वाइँ र ससुरा पक्राउ

 साउन १, २०७८ शुक्रबार ८:३५:३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ परेका छन् ।

नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं १५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव छन् । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको आचार्यले बताउनुभयो ।

शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेका थिए । त्यहीबेला वडाबाट कसैले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएका थिए ।

प्रशासकीय अधिकृतको टेबुलमा फाइल पुगेकै बेला यस्तो जानकारी आएपछि कार्यालयले वडाअध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । 'उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन’ प्रशासकीय अधिकृत किशोर कुमार रामले भन्नुभयो'लगत्तै प्रहरी बोलाएर दुवैलाई पक्राउ गर्न लगाएका छौँ।'

पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । तर, स्थानीयले भने उनी भारतीय नागरिक भएको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया