वाग्मती प्रदेश : दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

 साउन १६, २०७८ शनिबार १३:२५:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको हो । 

निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ६६ किलोमिटरमा नयाँ ट्र्याक खोलिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३९ दशमलब ४९ किलोमिटर नयाँ सडक ट्«याक खोलिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले बताउनुभयो । 

यसैगरी प्रदेशका विभिन्न जिल्लामा भत्किएका ५ सय ४ किलोमिटर सडकको मर्मत गरिएको उहाँले बताउनुभयो । 

आर्थिक वर्ष २०७७/०७८ मा एक सय ४९ दशमलब २२ किलोमिटर सडकको मर्मत तथा आर्थिक वर्ष २०७६/०७७ मा एक सय ११ दशमलब ४८ किलोमिटर सडकको मर्मत गरिएको निर्देशनालयले जनाएको छ ।   
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया