सुजिता ठाकुर हत्या प्रकरणमा उनकै बुबासहित थप तीन जना पक्राउ

 साउन १८, २०७८ सोमबार १८:३५:३ | धनवीर महतो
unn.prixa.net

सुजिता ठाकुरकाे शव भेटिएकाे ठाउँ

महाेत्तरी – महोत्तरीकी सुजिता ठाकुरकाे हत्या प्रकरणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुजिताकाे हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिनुभयाे । प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरिएको हो ।

एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रूपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ‘बाबु कामेश्वर र देवर रूपेशकै मिलोमतोमा सुजिताको हत्या भएकाे खुलेको छ’, आचार्यले भन्नुभयाे, ‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’ पटक–पटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उहाँले बताउनुभयाे । 

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन’, एसपी आचार्यले भन्नुभयाे, ‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मदत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ ।   

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया