जुम्लामा भालुको आक्रमणमा परि दुई जना घाइते

 साउन २८, २०७८ बिहिबार १०:१६:१९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्ला सदरमुकाममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

चन्दननाथ नगरपालिका कार्कीवाडामा  व्यवसाय गर्दै आएका दुई जना भालुको आक्रमणमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका-४ का २९ वर्षीय हिमबहादुर  रोकाया  र २६ वर्षीया निर्मला थापा रोकायालाई  बिहान भालुले आक्रमण गरेको हो। 

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया