बाँध फुटेर आएको बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गयो

 साउन ३०, २०७८ शनिबार १६:३०:४४ | नेत्र शाही
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – जुम्लामा बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । हिमाली जडिबुटी सेतकचिनी कोरेर घर फर्किने क्रममा जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको ज्यान गएकोे हो ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ६० वर्षका बिर्खे रावत, ३५ वर्षकी जैसरा रावत र १० वर्षका छोरा सन्देस रावतको ज्यान गएको छ । जैसरा र सन्देस आमाछोरा र बिर्खे रावत सन्देसको ठूलो बुवा रहेको प्रहरीले जनाएको छ । 

स्थानीय खोलाको पानी जम्मा भएर ताल बनेको र त्यो ताल फुटेर आउँदा बगाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ ।

‘माथि पानी जम्मा भएर ताल भएको रहेछ, तल खोला तर्ने क्रममा, त्यही समयमा ताल फुटेर बाढी आउँदा बगाएको हो’, उहाँले भन्नुभयो ।

घटना दुई दिन अघि भए पनि सदरमुकाम भन्दा निकै टाढा र टेलिफोन सम्पर्क नभएकाले घटनाको जानकारी प्रहरीलाई शुक्रबार मात्र भएको र स्थानीय सहितको सहयोगमा उद्धार गरिएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया