वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

 भदौ १६, २०७८ बुधबार १०:५५:३७ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । नवगठित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ । मन्त्री खनालले हिजो वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको थियो ।

निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको ठाउँमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल पनि मन्त्री बन्नुभएको थियो । औपचारिक रुपमा नेकपा एमाले टुक्रिएपछि खनालले माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्नुभएको हो । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया