भरतमणि बने 'कमेडी च्याम्पियन २' को विजेता

 असोज २, २०७८ शनिबार २३:४६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत विजेता बनेका हुन् । 

विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बन्दा सन्तोष थापा तेस्रो बने ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।

कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमका निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

कमेडी च्याम्पिनको गएको संस्करणमा हिमेश पन्त विजेता भएका थिए ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया