विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने ३ जना पक्राउ

 भदौ १७, २०७५ आइतबार १८:१३:३९ | सुमन तिमल्सिना
unn.prixa.net

पर्सा – विराटनगर महानगरपालिकामा गएको साउन २७ गते वम विस्फोट गराउनेमध्ये ३ जना पक्राउ परेका छन् । 

शुक्रबार र शनिबार पक्राउ परेका बम विस्फोटमा संलग्न ३ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममो नेपालका महानगरपालिका तथा नगरपालिकाहरुमा बम विस्फोट गराउने योजना जेठ महिनामा नै भारतको दरभंगामा भएको पाइएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

भारतको दरभंगामा बिक्की भन्ने बिरेन्द्रकुमार यादवको नेतृत्वमा रामरिझान यादव (गौतम) अभिमन्यु गिरी र मनोज सिंह सहितको योजना बनेको प्रहरीको भनाई छ । 

बिक्कीकै योजना अनुसार मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगराका मनोज कुमार सिंहले भारतको बथनाहाबाट विस्पोटक पद्धार्थ नेपाल भित्र्याएको प्रहरीले जनाएको छ । 

भारतबाट नेपाल भित्र्याएको विस्फोटक पदार्थ त्यस दिन मनोजले आफ्नै घरमा राखेको र त्यसको भोलीपल्ट सिराहाबाट आएका २ जनाले मनोजसँग भएको बमको बारेमा जानकारी लिएको समेत प्रहरीको अनुसन्धानबाट देखिएको एसपी केसीले बताए ।

सिरहाबाट आएका लक्ष्मीपुर पतार गाउँपालिका–३, नयाँटोलका अभिमन्यु गिरी, सुखिपुर नगरपालिका–५ का रामरिझन यादवसहितले बम बिस्फोट गराएका थिए । तर बाहिबाट सहयोग गर्ने राहुल यादवलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । 

त्यस्तै अर्का योजनाकार बिक्की भन्ने बिरेन्द्रकुमार यादवको अवस्थाको बारेमा पनि प्रहरीले जानकारी प्राप्त गर्न सकेको छैन । 

पक्राउ परेका मोरङका मनोजकुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो भने अरु २ जना रामरिझन यादव र अभिमन्यु गिरीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया