महाेत्तरी : डकैतीका मुख्य योजनाकार चार महिनापछि पक्राउ

 कात्तिक ११, २०७८ बिहिबार २०:७:३७ | धनवीर महतो
unn.prixa.net

साङ्केतिक तस्बिर

महाेत्तरी – महोत्तरी प्रहरीले सम्सीमा डकैती भएको चार महिनापछि घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएकाे छ । 

सम्सी गाँउपालिका १ पर्सा देवाडमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका २ पुनर्वासका ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गरेको हो ।
सोनमा गाँउपालिका ३ बाट पक्राउ गरेका पासवानलाई बिहीवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो । 

प्रहरीका अनुसार पासवानलगायतका हतियारधारी समूहले गएकाे असार ३ गते राति स्थानीयवासी वीरेन्द्र साहले आफ्नै घरमा सञ्चालन गर्दै आएका सुन पसलमा डकैती गरेकाे थियाे ।

याे समूहले घरभित्र प्रवेश गरी नगद आठ लाख ९७ हजार दुई सय रुपैयाँ र सुनचाँदीका गरगहना लुटेर लगेका थिए । याे समूहले सञ्चालक वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै उहाँकी श्रीमती सुशीला, छोराहरू शम्भु र राजीव तथा छोरी कन्चनलाई रड प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया