महोत्तरीमा बोक्सा–बोक्सी भएकाे आराेप लगाउँदै एक पुरुष र एक महिलामाथि अमानवीय व्यवहार

 कात्तिक १२, २०७८ शुक्रबार २०:१३:५३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा एक पुरुष र एक महिलालाई कुटपिट र अमानवीय व्यवहार गरिएको छ ।

प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय पुरुष र ५५ वर्षीया महिलालाई हिजाे बिहीवार बेलुकी बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको पाइएकाे हो ।

स्थानीयवासीका अनुसार बेलुकी ६ बजे केही महिला भेला भएर दुवै जनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन् । घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई उपचारका लागि अस्पतालमा भर्ना गराएको छ ।

पीडित पुरुषका बायाँ आँखा र खुट्टामा चोट लागेको छ । घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयाे । पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने उहाँले बताउनुभयाे । 

पीडित र पक्राउ परेकालाई आज शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याउन लागिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयाे । 

यसअघि दशैँमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या नै गरिएको थियो भने अर्की महिलालाई मलमूत्र खुवाइएकाे पाइएकाे थियो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया