जुम्ला : पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा

 कात्तिक २३, २०७८ मंगलबार १४:११:१६ | नेत्र शाही
unn.prixa.net

काठमाण्डाै - जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।  

जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि  पाठ्यपुस्तकको अभाव भएको हो  ।

कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो । 

अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको बताउनु भयाे । 

जिल्ला विपद् व्यवस्थापन समितिले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेकाे छैन ।  

लामो समयदेखि नेपाल नेत्रहीन सङ्घ र नेपाल दृष्टि कल्याण सङ्घले पाठ्यपुस्तक छापिरहेका छन् । 

नेपाल नेत्रहीन सङ्घका पूर्वअध्यक्ष नरबहादुर लिम्बुले यस वर्ष कक्षा ११ र १२ को पाठ्यपुस्तक छाप्ने कार्यक्रम नै सरकारले नराखेको जानकारी दिनुभयो । पाठ्यपुस्तक नै नछापिएकाले देशभरका ११ र १२ कक्षाका विद्यार्थीहरु अन्योलमा परेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया