सङ्खुवासभामा लडेर एक जनाको ज्यान गयो

 मंसिर ४, २०७८ शनिबार १२:१:३१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको मकालु गाउँपालिका-३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।

लडेर उदयपुर बेलका नगरपालिका-८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ । 

माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्नुहुन्थ्यो । लडेर घाइते हुनु भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया