जुम्ला माओवादीकाे ५२ वडाकाे नेतृत्व चयन

 मंसिर ६, २०७८ सोमबार १५:५:४४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेकपा (माओवादी केन्द्र) जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । 

माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा तातोपानी गाउँपालिकाकी इन्चार्ज गोमा कुँवरका अनुसार अहिलेसम्म ५२ वडाको नेतृत्व चयन भइसकेको र बाँकी वडाको एक/दुई दिनमा सकिने भएको छ । माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीका आठ, सिंजाका ६, हिमाका सात र तिलाका नौ वडाका सम्मेलनबाट नेतृत्व चयन भइ सम्पन्न भइसकेको छ ।   

यता गुठीचौर गाउँपालिकाका इन्चार्ज भवानीप्रसाद अधिकारीका अनुसार गुठीचौरका पाँच वडामध्ये ४ र ५ गते दुई वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी तीन वडाका अधिवेशन भइरहेका छन् । चन्दननाथ नगरपालिकाका अध्यक्ष ललितजंग महतले वडा नं ५ बाहेक नौ वडाको सम्पन्न अधिवेशन भइसकेको र अरूको हुने तयारी भएको जानकारी दिनुभयो । 

यता पातारासी गाउँपालिकाका चार वटा वडामा सम्मेलनबाट नेतृत्व भइसकेको र बाँकीकाे तयारी भइरहेको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सबै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्थाअनुसार वडास्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय र सेल कमिटी १५ जनाको गठन गरिएको छ । 

कांग्रेसको मतदान   

यसैगरी नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमितिका लागि मतदान सुरु भएको छ । जम्मा एक हजार १९ मतदाता रहेकामा प्रतिनिधि लाइन लागेर मत हालिरहेका सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया