'बेटी पढाउ बेटी बचाउ' कार्यक्रम देशैभर अगाडि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

 मंसिर ६, २०७८ सोमबार २०:८:५६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – सर्वाङ्गीण विकासका लागि 'बेटी पढाउ, बेटी बचाउ' जस्ता छोरीमैत्री शैक्षिक क्रियाकलापको आवश्यकता रहेकाे राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएकाे छ । राष्ट्रपति भण्डारीले भन्नुभयाे, ‘समाजिकस्तरमा कायम रहेको अन्धविश्वासलाई चिर्नका लागि प्रदेश २ सरकारले सुरु गरेको बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसाको विषय बन्दै गएको छ । यसलाई सरकारले राष्ट्रियस्तरको कार्यक्रमका रूपमा देशैभर अगाडि बढाउनुपर्ने आवश्यक देखिन्छ । ’

आज साेमवार महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्दै उहाँले तराई–पहाडको दिगो विकासका निम्ति चुरे संरक्षण आवश्यक रहेको बताउनुभयाे । 

कृषि क्षेत्रलाई संरक्षण गर्नसके युवा विदेश पलायन हुनबाट रोक्नुको साथै स्वावलम्बी र स्वाभिमान बनाइ अर्थतन्त्रको क्षेत्रमा समृद्धि गर्नका निम्ति सहयोग पुग्ने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयाे । 

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सङ्घीयताकाे बेस बनाउन सफल भएको धारणा राख्नुभएकाे छ । आउँदा दिनमा क्रमिक रूपमा सुधार गर्दै सङ्घीयतालाई अगाडि बढाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिनुभयाे । उहाँले भन्नुभयाे, ‘महिलालाई सशक्त बनाउन प्रदेश सरकार आरक्षण ऐन ल्याइएको हो । याे ऐनलाई टेकेर प्रदेश सरकारले लोक सेवाको परीक्षामा ५० प्रतिशत आरक्षणको व्यवस्था ल्याएको हो ।’

यसैबीच कार्यक्रममा मटिहानी नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरू विनोद मण्डल, नरेश महतो र इन्जिनियर विमलेश साहलाई राष्ट्रपतिले सम्मान गर्नुभएकाे हाे । कार्यालयमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगरपालिकाको कार्यालयले सम्मान गरेकाे मेयर हरिप्रसाद मण्डलले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया