गाई मारेको अभियोगमा १२ वर्षको कैद

 जेठ २०, २०७५ आइतबार १३:५०:२८ | प्रेमनारायण आचार्य

अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने  एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ ।

भाटेपोखरा निवासी यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । स्थानिय छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा ज्ञद्द वर्ष कैद सुनाइएको हो ।
 

मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो । खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया