गठबन्धन आउँदाे चुनावसम्म जान्छ : ऊर्जामन्त्री भुसाल

 मंसिर १५, २०७८ बुधबार १३:४४:४३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदाे चुनावसम्म जाने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई आज बुधवार सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

राष्ट्रियता, संविधान र नागरिककाे सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको उहाँकाे भनाइ छ । ‘प्रति क्रान्तिको खतरा हुँदासम्म हामी परिवर्तनका शक्तिहरूले राष्ट्रियता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सहमति गरेका छौँ । पाँच दलीय गठबन्धनको सरकार छ ।’, उहाँले भन्नुभयो, ‘अहिले केन्द्र र सात वटै प्रदेशमा गठबन्धनको सरकार छ ।’

आवश्यक पर्दा आउँदाे चुनावसम्म गठबन्धन मोर्चा बनाएर अघि जाने सोचमा रहेको उहाँले बताउनुभयो । ‘ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन रक्षा र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रति क्रान्तिलाई पराजित गर्न त्यो आवश्यकता महसुस गरिएको र सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको छ’, उहाँले भन्नुभयो ।

पालिका अधिवेशनले नेकपा माओवादी केन्द्र दोर्दी गाउँ समितिको अध्यक्षमा सागर गुरुङलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा रविन्द्र अधिकारी (लमजुङ), चिनबहादुर गुरुङ, आरती गुरुङ, सचिवमा सोमराज गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक र अन्य सदस्यमा चयन भएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया