सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित
बैशाख २२, २०८१ शनिबार
काठमाडौं –
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैँ अनि पछि दिनदिन भन्दछन् भोलि भोलि ।
की ता सक्दिन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
आदिकवी भानुभक्त आचार्यले यो कविता रचना गरेको पनि झण्डै दुई शताब्दी पुग्न लाग्यो । तर आचार्यले उतिबेला रचना गरेको अमरावती कान्तिपुरी नगरी शीर्षकको कविताको यो हरफ आज पनि उत्तिकै सान्दर्भिक छ ।
सरकारी कर्मचारीहरुले नागरिकलाई दिने झण्झटलाई आचार्यले उतिबेलै कवितामा उतारेका थिए । त्यतिबेला भानुभक्तले खेपेको कर्मचारीको व्यवहार र अहिले प्रविधि र ज्ञान विज्ञान बुझेका भनिएका कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारमा भने खासै फरक आउन सकेको छैन ।
सडक विभागमा काम लिएर आएका ऋषि पौडेलले कर्मचारीले आफ्नो काम गरिदिन एक हप्तादेखि दौडाइरहेको गुनासो गर्नुभयो । नागरिक वडापत्रमा उल्लेख भएका सबै प्रकृया पुर्याएर कागजात पेश गर्दा पनि कर्मचारीले आज भोलि भन्दै झुलाएको उहाँको भनाइ छ । ‘कहिले हाकिम छैनन्, कहिले के भन्दा भन्दै एक हप्ता बित्यो, तर मेरो काम अझै हुन सकेको छैन’ उहाँले दुखेसो पोख्नुभयो ।
देशमा ९० हजारभन्दा बढी निजामती कर्मचारी कार्यरत छन् । तर ९० हजार कर्मचारीमा सरकारले निजामती सेवाभित्र दुई लाख रुपैयाँको पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती पुरस्कार पाउन योग्य कर्मचारी भने भेट्न सकेन ।
यसले पनि कर्मचारीतन्त्र कतिसम्मको अयोग्य छ भनेर संकेत देखाइदिएको छ । गएको वर्ष पनि सरकारले यो पुरस्कारका लागि योग्य कर्मचारी भेटेन । यो वर्ष पनि त्यस्ता योग्य कर्मचारी फेला पर्न सकेनन् ।
यति धेरै निजामती कर्मचारीमध्ये एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला नपरेपछि सरोकारवाला तथा नागरिक समेत सबै अचम्ममा परेका छन् । दुई वर्षअघि २०७३ सालमा पूर्व अर्थसचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार पाउनु भएको थियो । त्यसयता सरकारले यस्तो कर्मचारी भेट्टाउन सकेको छैन ।
यसले कर्मचारी तन्त्रभित्रको ढिलासुस्ति, इमान्दारीता, निष्पक्षता तथा कार्यक्षमता माथि नै प्रश्न उठाएको छ ।
पूर्व मुख्य सचिव डा.विमल कोइरालाले सर्वोत्कृष्ट कर्मचारी छनौट गर्ने मूल्याँकन पद्धति नै त्रुटिपूर्ण रहेको बताउनुभयो । अहिले छानिएका उत्कृष्ट कर्मचारी पनि विषयगत मूल्याँकनका आधारमा मात्रै छानिएका हुन् । ‘अब छनौट गर्ने आधार वस्तुगत बनाउनु पर्छ’ कोइरालाले भन्नुभयो, ‘अंकमा मापन गर्न सक्ने खालको छनौट पद्धति भए मात्रै निष्पक्ष छनौट हुने छ ।’
यस्तै २०७३ सालमा सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारबाट सम्मानित हुनुभएका पूर्व अर्थसचिव शान्तराज सुवेदी भने विवादमा नआएको इमान्दार, आर्थिक रुपमा स्वच्छ, सेवा प्रवाहमा निष्पक्ष कर्मचारी अहिले पनि धेरै रहेको बताउनुभयो ।
‘पुरस्कार भनेको प्रोत्साहनका लागि हो’ उहाँले भन्नुभयो, ‘त्यसैले यो पुरस्कार जसरी पनि प्रदान गर्नु पर्ने थियो तर समितिले निर्णय दिन नसक्दा पुरस्कारका लागि योग्य कर्मचारी रहेनछन् भन्ने सन्देश जान पुगेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ।