किमाथांकामा हिमपात भएपछि जनजीवन कष्टकर (फोटो फिचर)

 पुस ११, २०७८ आइतबार १९:१७:२३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा — पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांका र दक्षिणी क्षेत्रमा तिनजुरे–मिल्के–जलजले (टीएमजे) मा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । गएको शुक्रवार बेलुकीदेखि किमाथांका क्षेत्रमा हिमपात पर्न थालेपछि जनजीवन कष्टकर बनेको किमाथांका प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाराम राईले बताउनुभयो ।

बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती नै छोपिएको छ । जसका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । चिसोका कारण घरभित्र नै आगो तापेर बस्ने गरेको र पशुचौपायालाई घाँसपानी दिनसमेत समस्या भइरहेको स्थानीयवासी बताउँछन् ।     

किमाथांका गाउँ र माथिका डाँडाकाँडा क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको किमाथांका प्रहरी चौकीका इन्चार्ज राईको भनाइ छ । बाक्लो हिमपातका कारण प्रहरी चौकीको भवनसमेत हिउँले ढाकेको उहाँले बताउनुभयो । 

हिमपातपछि जाडो बढ्दा बालबालिका र वृद्धवृद्धा बढी समस्यामा छन् । हिउँ परिरहेकाले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल टीएमजे क्षेत्र हिउँले ढाकेको छ । तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परिरहेकाले सडक सञ्चालनमा अवरोध आएको गुफपोखरीका हरि खनालले बताउनुभयो । 

तस्बिर सौजन्य : टिकाराम राई 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया