जुम्लामा हिमपात : प्रशासनले चोक–चोकमा आगो बाल्यो

 पुस १४, २०७८ बुधबार १४:५३:४२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा यस वर्ष आज बुधवार पहिलो पटक हिमपात भएको छ । जुम्लामा हिउँ परिरहेका कारण चिसो बढेको छ । 

चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोकमा आगो बालेको छ । चिसो बढेपछि चोकचोकमा आगो बाल्न जिल्ला वन कार्यालय र चन्दननाथ नगरपालिकाले समन्वय गरिरहेको छ ।

सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो ठाउँमा एक फिटसम्म हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ शाखा अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन, कोलखोली, विमानस्थललगायतका ठाउँमा आगो बालेर न्यानो गर्ने काम भएको छ ।

हिमपातले सडक तथा हवाई यातायात प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अत्यावश्यक नपरि गाडी नचलाउन सूचना प्रवाह गरिरहेको छ । 

हिउँ परेसँगै कृषि बालीमा लाभ हुने भएको छ । हिउँ परेसँगै बाली सप्रिने भन्दै किसान शुलोचना हितान खुसी हुनुहुन्छ । 

हिमपातले नागरिकको जनजीवन भने प्रभावित भएको छ । लगातार हिमपातका कारण चिसो बढेपछि मानिसहरू घरभित्र बसेका छन् । हिउँ परेपछि हिउँमा रमाउने पनि उत्तिकै रहेका छन् । धेरैले सामाजिक सञ्जालमा हिउँमा रमाएको तस्बिरसमेत सार्वजनिक गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया