मेयरसहित १६ जनामा कोरोना देखिएपछि माघ ८ गतेसम्म सन्धिखर्क नगरपालिका बन्द

 माघ ४, २०७८ मंगलबार १३:५६:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाकाे सेवा प्रवाहा बन्द गरिएको छ । 

मेयर कमलप्रसाद भुसाल सहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु आजदेखि माघ ८ गते सम्मका लागि  बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।  

मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । त्यसमा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया