२४ घण्टामा ६ हजार ४ सय ६२ जनामा काेराेना पुष्टि, सङ्क्रमण दर ३७ प्रतिशत

 माघ ९, २०७८ आइतबार १७:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार चार सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा एक हजार चार सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख २१ हजार ६ सय ९९ पुगेको छ । 

यही अवधिमा चार जना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ हजार ६ सय ५५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । 

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ । यीमध्ये दुई सय १५ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यस्तै पाँच सय जनाभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या १५ पुगेको छ । नेपालमा केही हप्तायता काेराेना सङ्क्रमण बढ्न थालेकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया