गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प

 माघ १२, २०७८ बुधबार १७:३५:१७ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया