२४ घण्टामा ३ हजार ६ सय ३७ जनामा काेराेना पुष्टि, १२ जनाकाे ज्यान गयाे

 माघ १९, २०७८ बुधबार १६:५३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा लगातार पाँचौँ दिन आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो पाँच दिनदेखि सङ्क्रमण हुने सङ्ख्या घटिरहेको छ भने निको हुनेको सङ्ख्या बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र सात हजार पाँच सय ५५ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ६९ हजार दुई सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टा र यसअघिको विवरणसमेत गरी आठ लाख १५ हजार सात सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया