जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट सञ्चालनमा

 माघ २०, २०७८ बिहिबार २०:३८:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा आएको छ । अघिल्लो आर्थिक वर्षदेखि प्लान्ट राख्नका लागि काम अघि बढेको थियो । प्रदेश नम्बर १ सरकारको बजेटमा प्लान्ट निर्माण गरिएको हो ।

एकै पल्ट ३५ वटा बेडमा अक्सिजन आपूर्ति गर्न सक्ने तथा एकै दिनमा ३० सिलिन्डरसम्म भर्ने सकिने गरी प्लान्ट सञ्चालनमा आएको हो । ९७ लाख २८ हजार रुपैयाँ खर्चिएर निर्माण गरिएकाे प्लान्ट सञ्चालनमा आएको हो ।

यसअघि जिल्लामा आवश्यक अक्सिजन भर्नका लागि झापामा सिलिन्डर पठाउनुपर्ने बाध्यता थियो । अब भने त्याे बाध्यता हटेकाे छ । 

एकै पल्ट तीन वटा सिलिन्डर भर्न सकिने र एउटा सिलिन्डर भर्न ४० मिनेट लाग्ने बताइएको छ । जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सुविधा थपिएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. बुद्धिबहादुर थापाले बताउनुभयो ।

जिल्ला अस्पताल पाँचथरमा जिल्लाकासहित छिमेकी जिल्ला तेह्रथुमको आठराई क्षेत्र र ताप्लेजुङका विभिन्न गाउँबाट सेवाग्राही आउने गर्दछन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया