जुम्ला : हिउँमा फसेकालाई खानेकुरा लिएर हेलिकप्टर पाटन उड्यो

 माघ २३, २०७८ आइतबार १४:३१:२९ | नेत्र शाही
unn.prixa.net

सुर्खेतबाट जुम्ला उड्ने क्रममा हेलिकोप्टर, तस्बिर : सुरतबहादुर शाही

जुम्ला – कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ३६ जनालाई उद्धार गर्न हेलिकप्टर पठाएको छ । माघ २० गतेदिखि परेको भारी हिमपातका कारण उनीहरू विभिन्न ठाउँमा हुन् ।  

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार भोकबाट बचाउन तत्काल उनीहरूलाई खानेकुरा खसाल्ने गरी सानो हेलिकप्टर सुर्खेतबाट उडेको छ ।   

कर्णाली प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीयवासी सुरतबहादुर शाहीसहितकाे टाेली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएकाे छ । त्याे टाेलीले उनीहरूले अवस्थाका बारेमा बुझ्ने उहाँले जानकारी दिनुभयो । 

स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दुरीमा रहेको गाग्रा, एडीओडार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ३६ जना हिउँमा फसेका हुन् । उनीहरू सेतक चिनी (खिरौँला) कोर्न पाटन गएका थिए । 

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरूको उद्धार कार्यको तयारी भइरहेको बताउनुभयो । 

हिउँको चिसोले कठ्याङ्ग्रिएर त्यस क्षेत्रमा तातोपानी ८ की देवी शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

*यसअघि हिउँमा फसेकाकाे सङ्ख्या ५५ भनिएकाेमा सच्याइएकाे छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया