हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो सेनाको हेलिकप्टर

 माघ २३, २०७८ आइतबार १७:७:५२ | नेत्र शाही
unn.prixa.net

हिउँमा फसेकालाई हेलिकप्टरबाट सामान दिइँदै, तस्बिर : सुरतबहादुर शाही

जुम्ला – जुम्लाकाे गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छाेडेर नेपाली सेनाकाे हेलिकप्टर फर्किएको छ । हिउँमा ३६ जना मानिस फसेका सेनाले जनाएकाे छ । 

कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण तीन ठाउँमा फसेका नागरिकहरूलाई खानेकुरा छाडेर फर्किएको हाे ।  

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हाे । उहाँका अनुसार तातोपानी गाउँपालिका ८ मा रहेका गाग्रा, ऐडी ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो ।  

स्थानीयवासी सुरतबहादुर शाहीसहितकाे टाेली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएकाे थियाे ।    

जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले हिउँमा फसेकाहरू सुरक्षित रहेकाे र उनीहरूकाे उद्धारका लागि गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेकाे बताउनुभयाे । हेलिकप्टरमा लगिएका खानेकुरा उनीहरूले प्राप्त गरेका र भारी हिमपातले भने हेलिकप्टर बस्न नसकेकाे उहाँले जानकारी दिनुभयाे । 

हिउँमा फसेकाहरू सेतक चिनी (खिरौँला) कोर्न पाटन गएका थिए । त्यही क्रममा हिउँ परेपछि उनीहरू फसेका थिए । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया