कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, आजको बैठकमा एमसीसी सम्झौता पेस नहुने

 फागुन ४, २०७८ बुधबार १३:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको कार्यव्यवस्था परामरेश समितिको बैठक सकिएको छ । सभामुख अग्नि सापकोटाले बोलाएको आज बुधवारको बैठकमा अमेरिकी सहयोग एमसीसी सम्झौता पेस गर्ने/नगर्ने विषयमा छलफल भए पनि आज पेस नगर्ने सहमति भएको छ । 

बैठक चल्दै गर्दा सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले आज सम्झौता पेस नगर्ने सहमति भएको जानकारी गराउनुभएको थियो । बैठकमा एमाले र जनता समाजवादी पार्टीका प्रतिनिधि भने सहभागी थिएनन् । 

आजको संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र विभिन्न समयमा निधन भएका तीन जना पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया