मध्यबिन्दु जिल्ला अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

 फागुन २१, २०७८ शनिबार ९:३४:४० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ।

हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकद्वार प्रणालीबाट प्रदान गर्नका लागि केन्द्रको स्थापना गरिएको हो। केन्द्र स्थापना गरी सेवा प्रदान गर्दा लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो। 

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित एकल महिला, अपाङ्गता  भएका महिला, बालबालिका, ज्येष्ठ नागरिक महिलाले सेवा पाउने सूचना अधिकारी  सुवेदीले बताउनुभयो।

यसैगरी लैङ्गिक हिंसाको जोखिममा रहेका बेवारिसे एवम् शारीरिक तथा मानसिक रूपले अशक्त महिला तथा बालबालिका, मानव बेचविखन तथा ओसारपसारमा परि हिंसामा परेका महिला तथा बालबालिकालाई समेत सेवा प्रदान गरिने उहाँले बताउनुभयो। 

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, परीक्षण एवम् संरक्षण, मानसिक स्वास्थ्योपचार एवम् मनोसामाजिक परामर्श ,सुरक्षा, आश्रय, कानुनी उपचार र जीविकोपार्जन तथा पुनर्स्थापना  गराउन खालेका सेवाहरू बहुपक्षीय संयोजनद्वारा प्रदान गरिने सूचना अधिकारी सुवेदीले बताउनुभयो।

हिंसामा परेका व्यक्तिले उपचारदेखि न्याय पाउनका लागि विभिन्न कार्यालय चाहार्दै हिँड्नु पर्ने अवस्था रहेको छ । साथै सुरक्षाको चुनौती समेत रहेको हुँदा यी सबै कार्य एकै ठाउँबाट व्यवस्थापन गर्नका लागि केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो।

‘एउटा पीडित व्यक्ति कहिले वकिल खोज्दै हिँड्नु पर्ने, कहिले प्रहरी कहाँ पुग्नु पर्ने, केही उपचार वा परीक्षण गर्नुपरे अस्पताल जानुपर्ने, यसरी धेरै ठाउँमा जानुपर्ने समस्या छ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो–'सबै कुराको लागि एकै ठाउँबाट व्यवस्थापन गर्ने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो।'

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया