छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवार सम्मानित

 फागुन २८, २०७८ शनिबार १८:४०:२७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले  छोरीलाई  सम्पत्ति दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो । 

नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई  सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया,  मुगा शाही,  डुगल शाही,  आनन्द शाहीलाई सम्मान गरिएको छ । यसैगरी छाउपडी प्रथा नमानेकोमा स्थानीय खम्बा शाही, राजबहादुर शाही, देबुसुनारलाई सम्मान गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो । यस्तै, सरकारी नारालाई कार्यान्वयन गराउनु स्थानीय सरकारको दायित्व भएको भन्दै सबै पालिकाले यो नारालाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया