२१ वर्षमै तीन ओटा विश्व रेकर्ड कायम

 फागुन २९, २०७८ आइतबार १३:५:२७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको छ । आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको हो । 

मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।  

विश्व कीर्तिमान कायम गर्नु भएका मानसिङले गएकाे मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्डसम्म गिनिज बुक अप वर्ल्ड रेकर्डकाे पुस्तक औँलामा घुमाउनु भएकाे थियाे । उहाँले गएकाे बुधवार विजेताको प्रमाणपत्र पाउनु भएकाे हाे। उहाँलाई अर्डर नाउका प्रमुख विजय प्रसाईँले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो। 

प्रभासले यस बाहेक अन्य दुई ओटा रेकर्ड समेत कायम गरेकाे बताउनुभयो । उहाँले गएकाे असोज ४ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा सबैभन्दा लामो समय औँलामा प्लेट घुमाएर विश्व रेकर्ड कायम गर्नुभएको थियो । उहाँले ४ घण्टा ४ मिनेट ४४ सेकेण्डमा रेकर्ड कायम गर्नुभएको थियो । 

त्यसैगरी उहाँले गिनिज बुक अफ वर्ड रेकर्डको पुस्तक सबैभन्दा बढी पटक फन्को लगाएर पनि रेकर्ड कायम गर्नुभएको छ । उहाँले पुस्तक एक मिनेटमा सबैभन्दा बढी ३ सय १५ पटक घुमाएर विश्व रेकर्ड जितेको बताउनुभयो । 

यी दुई ओटामा रेकर्ड कायम गराएको र प्रमाणपत्र आउने प्रक्रियामा रहेको प्रभासले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया