अर्घाखाँचीमा तीनै तहकाे चुनावमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

 फागुन ३०, २०७८ सोमबार १८:३८:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा अब हुने तीनै तहकाे चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने पाँच दलबीच सहमति भएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले सन्धिखर्कमा आज साेमवार पत्रकार सम्मेलन गरी स्थानीय, प्रदेश र सङ्घीय चुनावका साथै जिल्लास्तरीय सङ्घ–संस्थाका चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराएका छन् । 

पाँच दलका शीर्ष नेताहरूको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयाे ।  

संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा समाजवादी का जिल्ला अध्यक्ष रामबहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्कालगायत उपस्थित थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया