सीमा सुरक्षा गर्न बीओपी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ : गृहमन्त्री खाण

 चैत ९, २०७८ बुधबार १९:१९:१ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि बीओपी स्थापनाकाे कामलाई प्राथमिकता दिएको बताउनुभएको छ । आज बुधवारदेखि नवलपुरको कावासोतीमा सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘सीमा सुरक्षाका लागि सुरक्षाकर्मीको उपस्थितिसहित सरकारले बोर्डर आउट पोस्ट स्थापना गर्दैछ ।’ सीमा सुरक्षाका लागि अझै पनि पूर्वाधार पर्याप्त नरहेको भन्दै मन्त्री खाणले आवश्यक सङ्ख्यामा बीओपी स्थापना गर्न सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री खाणले नेपालको भूगोलको रक्षा, नेपालको मोटोको रक्षा, जलजमिनको रक्षाका लागि आदिवासी जनजातिहरू अहोरात्र खटिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी काठमाण्डौमा बसेका छाैँ, हिमाली र तराई भू–भागको सीमाको रक्षा हामीले गरेका होइनाैँ त्यही भूभागमा बस्नुभएका आदिवासी जनजाति (आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूले गर्नुभएको हो ।’

मन्त्री खाणले आदिवासी जनजाति महासङ्घमा आबद्ध भएका लोपोन्मुख जातिको प्रवर्द्धन र संरक्षण गर्ने राज्यको दायित्व रहेको बताउनुभयो । महासङ्घले उठाएको संविधान संशाेधन गर्ने कुरामा सरकार सकारात्मक रहेको समेत उहाँले बताउनुभयो । जनताले नै निर्माण गरेको संविधानलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको बताउँदै उहाँले समय सापेक्ष परिमार्जन गर्दै लान सकिने बताउनुभयो ।

‘पहिचानसहितको सङ्घीयता र स्वायत्तताका लाग संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नवीन सामाजिक सहमतिको पक्षमा १० औँ महाधिवेशन’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशन भाेलि बिहीवार सकिने छ ।

महाधिवेशनमा देश, विदेशसहितबाट चार सय २० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ । महाधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन हुने जनाइएको छ । महाधिवेशन तीन/तीन वर्षमा हुने प्रावधान भएको भए पनि अहिले पाँच वर्षको अन्तरालमा भएको हो । कोभिड महामारीका कारण महाधिवेशन विधानमा तोकिएको भन्दा दुई वर्षपछि भएको हो ।

महाधिवेशनमा नेपाल आदिवासी जनजातिको आन्दोलन र भावी कार्यदिशाको विषयमा छलफल गर्ने छ । यस्तै विद्यान संशोधनको समेत तयारी गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया