जुम्लामा ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

 चैत १६, २०७८ बुधबार १०:२८:२८ | नेत्र शाही
unn.prixa.net

टाइफाइड पछि उपचाररत बालिका/तस्बिर : डब्लुएचओ

जुम्ला – जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुँदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाका सबै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने छ । 

उहाँका अनुसार खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चतता गर्न तथा खोप कभरेज ९५ प्रतिशत पुर्याउन जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ । जुम्ला प्रदेश ‘ख’मा चैत २५ देखि ३० र प्रदेश ‘क’मा २०७९ बैशाख २ देखि ७ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया