जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

 चैत १६, २०७८ बुधबार १९:१२:५८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् । 

स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ । 

विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारदेखि आउँदो आइतवारसम्म बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताउनुभयो । औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उहाँको भनाइ छ । 

यहाँका गाउँघरतिर रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु भेटिँदै आएको छ । बजार अनुगमन गर्ने र अखाद्य वस्तु नियमन गर्ने अधिकार स्थानीय तहलाई भए पनि यस्ता विषयमा जनप्रतिनिधिले चासो नदिएको स्थानीयवासीको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया