रुकुम पश्चिममा २३ सय किसानको पूरा विवरण सङ्कलन हुने

 चैत २५, २०७८ शुक्रबार १६:२५:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – आउँदो वैशाख ६ गतेदेखि सुरु हुने राष्ट्रिय कृषि गणना २०७८ मा रुकुम पश्चिमका २३ सय किसानको पूरा विवरण सङ्कलन हुने भएको छ । जिल्लाभर ९३ वटा कृषि गणना क्षेत्र तोकेर २३ सय किसानको पूरा विवरण सङ्कलन गर्न थालिएको हो । 

जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले हिजो बिहीवार मुसिकोटमा गरेको कृषि गणनासम्बन्धी सचेतना गोष्ठीमा यसबारे जानकारी दिइएको हो । कार्यालयका प्रमुख ठाकुरप्रसाद लामिछानेले पहिलो चरणमा १६/१७ हजार किसानको सूचीकरण गरिने तर २३ सय किसानको पूरा विवरण सङ्कलन हुने जानकारी दिनुभयो । उहाँका अनुसार एक जना गणक बराबर २/३ वटा गणना क्षेत्र हुनेछन् । 

कार्यक्रममा प्रमुख लामिछानेले कृषि विकासका लागि योजना तर्जुमा एवम् नीति निर्माण, किसानले चलन गरेको जग्गा, लगाएको बाली, पशुपक्षीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरणहरू उपलब्ध गराउने उद्देश्यले कृषि गणना गर्न लागिएको बताउनुभयो । यस्तै कृषिसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यका सूचकहरूका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने, कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने, समग्र कृषि तथ्याङ्कको स्तर बढाउन पनि पनि कृषि गणना गर्न लागिएको हो । 

कृषि गणनामा घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषि कार्य र वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलापहरू समेटिने बताइएको छ । ४५ दिनको समयसीमा रहेको कृषि गणनामा पहिलो चरणमा गणकहरूद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारहरूको सूचीकरण कार्य गरिने छ । दोस्रो चरणमा निश्चित तथ्याङ्क छनाट विधिबाट सुपरिवेक्षकहरूद्वारा छानिएका कृषक परिवारमा पुगी गणकहरूद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपक्षीपालन, अन्य खेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू सङ्कलन गरिनेछ ।

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार, कृषि योजना र विकासको मूल आधार, पारौँँ कृषि गणना २०७८ साकार’ भन्ने नाराका साथ आउँदो वैशाख ६ देखि जेठ १९ गतेसम्म सरकारले राष्ट्रिय कृषि गणना गर्दैछ । यो गणना नेपालको सातौँ र २०७२ मा जारी भएको नेपालको संविधानअनुसारको सङ्घीय प्रणालीको पहिलो कृषि गणना हो । प्रत्येक १०/१० वर्षको अन्तरमा कृषि गणना सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया