पालिका चुनाव : एमालेले रुकुम पश्चिममा टुङ्ग्यायो उम्मेदवार

 बैशाख ७, २०७९ बुधबार २०:१२:४३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेकपा एमाले रुकुम पश्चिमले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । 

आज बुधवार जिल्लाको बागबजारमा रहेको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका तीन नगरपालिकाका प्रमुख र उपप्रमुख र तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार टुङ्गो लगाएको हो । टुङ्गो लगाएका उम्मेदवारहरूलाई चुनावको टिकटका लागि प्रदेश कार्यालयमा सिफारिस गरिने बताइएको छ । 

नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार मुसिकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतराको नाम सिफारिस गरिएको छ । 
चौरजहारी नगरपालिकाको प्रमुख पदक लागि टंकप्रसाद ओली र उपप्रमुख पदका लागि डण्डी कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

त्यसैगरी आठबीसकोट नगरपालिकामा दिनेश चन्दलाई प्रमुख र कृष्णाकुमारी मल्ललाई उपप्रमुख पदको उम्मेदवार सिफरिस गरिएको छ । 

जिल्लाको सानीभेरी गाउँपालिकाको अध्यक्ष पदका लागि युवा नेता प्रकाश खड्का र उपाध्यक्ष पदमा पवित्रा डाँगीलाई सिफारिस गर्ने निर्णय भएको छ । 

त्रिवेणी गाउँपालिकामा अध्यक्ष पदका लागि डिल्लीबहादुर ओली र उपाध्यक्ष पदका लागि धनकला विष्टलाई उम्मेदवार सिफारिस गरिएको छ । 

त्यसैगरी बाँफिकोट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा गणेशबहादुर केसी र उपाध्यक्ष पदमा देउमी पौडेललाई सिफारिस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया