जुम्लामा गठबन्धन टुट्यो, चुनावमा एक्ला–एक्लै लड्ने

 बैशाख ११, २०७९ आइतबार १८:५२:० | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णालीमा पालिका चुनावमा सत्ता साझेदार दलहरूबीच आठ जिल्लामा भागबन्डा मिले पनि जुम्लामा भने गठबन्धन टुटेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन गरेर जाने केन्द्र तथा प्रदेशको निर्देशन भए पनि जुम्लामा गठबन्धन टुटेको हो । 

नेकपा (माओवादी केन्द्र) जुम्लाका संयोजक वीरबहादुर कुँवरले कर्णाली प्रदेशस्तरमा भएको पाँच दलीय गठबन्धनको निर्णय आफूले स्वीकार गरेको तर तर कांग्रेस र एकीकृत समाजवादीले नमानेको बताउनुभयो । अब माओवादीले आफ्नो तरिकाले चुनाव लड्ने उहाँको भनाइ छ । 

नेकपा (एकीकृत समाजवादी) का जुम्ला अध्यक्ष तीर्थबहादुर बुढाले यसअघि नै आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको हुँदा आफ्नो कुनै सरोकार नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन ती दुई पार्टीबीचको हो । हामीले पहिले नै बाहिरिएका हौँ ।’  

नेपाली कांग्रेसका जुम्ला सभापति कर्णबहादुर शाहीले गठबन्धन टुटेपछि नेपाली आफ्नो पार्टी पनि चुनाव एक्लै लड्ने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया