रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच झडप, ६ जना घाइते

 बैशाख २०, २०७९ मंगलबार १४:३८:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार  त्रिवेणी गाउँपालिका-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो ।

झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन,  ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् । 

घाइतेमध्ये धर्मेन्द्र, टीकाजङ्ग र जीवनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । तीनै जनाको टाउको गहिरो चोट लागेको बताइएको छ । अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उनीहरुको ढाडमा चोट लागेको बताइएको छ । 

गाउँपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले पालिका चुनावको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्षसहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी दिएकाे विषयमा विवाद हुँदा झडप भएको हो । त्यस वडामा माओवादीले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरु विवाद बढेपछि झडपको अवस्थामा आएर एक अर्कामाथि कुखुरी प्रहार भएको प्रहरीले जनाएकाे छ । 

स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका ओली र वडा सदस्यको उम्मेदवारी दिएका बुढालाई निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै गएकाे १८ गते पार्टीबाट निलम्बन गरिएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया