खलङ्गा बजारमा एक पुरुषको शव फेला

 बैशाख २०, २०७९ मंगलबार १६:४२:४१ | राजु लामिछाने
unn.prixa.net

साङ्केतिक तस्बिर

रुकुम पश्चिम - रुकुम पश्चिमकाे सदरमुकाम मुसिकोट नगरपालिका-१ खलङ्गामा एक पुरुषको शव फेला परेको छ । आठबिसकोट नगरपालिका-१ चौर गाउँका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीका अनुसार मङ्गलवार बिहान कृषि विकास कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको हाे ।

मृतक शर्मा मुसिकोट नगरपालिका-१ मा डेरा गरी बस्दै आएको बताइएको छ । शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । परिवारका सदस्यहरुले मृतक शर्माले अत्यधिक मदिरा सेवन गर्ने गरेको बताए तापनि ज्यान जानुकाे कारण पत्ता लागेकाे छैन । 

घटनाको थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । शर्माको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएकाे डीएसपी सोतीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया