नेपालगञ्जमा १ सय ९८ मत गन्दा कांग्रेसको अग्रता

 बैशाख ३१, २०७९ शनिबार १५:४:५० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर २३ मा १ सय ९८ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रशान्त विष्टले ७९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका पशुपत दियाल मिश्राले २६ मत प्राप्त गर्नुभएको छ । 

उपमेयरमा भने गठबन्धनबाट जसपाका कमरुद्दिन राईले ६८ मत सहित अग्रता लिनुभएको छ ।  

नेपालगञ्जमा ८१ हजार ७ सय ९४ मतदाता रहेकामा हिजाे भएकाे मतदानमा ६१ हजार २ सय ५ मत खसेको थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया