पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात

 जेठ २२, २०७५ मंगलबार ७:१८:७ | उज्यालो सहकर्मी

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ । 

यो ठाउँमा अहिले आलोपालो गरि गाडी गुडिरहेको ट्राफिक प्रहरीले जनाएको छ । चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेको र पानी परिरहेकाले अहिले पहिरो हटाउन समस्या भएको हो । पानी रोकिएपछि पहिरो हटाउन सुरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया