बाँकेको डुडुवामा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार १०:११:२७ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र चौधरी विजयी हुनुभएको छ ।

चौधरी ६ हजार २ सय ७२ मतसहित विजयी हुनुभएको हाे । जसपाका भण्डारीलाल यादवले ५ हजार १ सय २५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका सरोजकुमारी यादवले ३ हजार ७११ मत ल्याउनु भएको छ ।

उपप्रमुखमा पनि कांग्रेसका शाहिदा बानो ५ हजार ८ सय ८४ मतसहित विजयी हुनुभएको छ । जसपाका तरन्नुम बानोले ५ हजार ७ सय ५४ र एमालेका शकिल अहमद खानले ४ हजार १ सय ५८ मत पाउनुभएको छ ।

डुडुवामा अध्यक्ष र उपाध्यक्ष दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया