जनकपुरमा स्वतन्त्र उम्मेदवार झन्डै २ हजार मतले अगाडि

 जेठ ५, २०७९ बिहिबार २०:२७:३ | धनवीर महतो
unn.prixa.net

धनुषा – धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार मनाेजकुमार साह झन्डै दुई हजार मतले अघि हुनुहुन्छ ।  

ताजा मतगणना अनुसार साहले पाँच हजार नाै सय सात मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका शिवशंकर साहले तीन हजार नाै सय ६७ मतसहित पछ्याइरहनुभएकाे छ । 

यस्तै मेयरमै लाेकतान्त्रि समाजवादी पार्टीका मनाेज चाैधरीले दुई हजार पाँच सय ७० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका लालकिशाेर साहले एक हजार सात सय ३४ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा नेपाली कांग्रेसकी किशाेरी साह ६ हजार पाँच सय ३५ मत प्राप्त गर्दै शीर्षस्थानमा हुनुहुन्छ । उहाँलाई एमालेकी रूना झाले चार हजार पाँच सय पाँच मतसहित पछ्याइरहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया