लकडाउन हटेपछि शङ्घाईवासीले सडकमा नाचगान गरेर उत्सव मनाए

 जेठ १८, २०७९ बुधबार १९:४४:२९ | एजेन्सी
unn.prixa.net

शङ्घाई सहर, तस्बिर : एजेन्सी

चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ ।

साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर हिँडडुल गर्न दिइएको हो । शङ्घाई महानगरकी प्रवक्ता यिन शिनले लामो समयदेखि कामना गरिरहेको दिन आज प्राप्त भएको बताउनुभएको बीबीसीले जनाएको छ । कोरोना सङ्क्रमण भएका व्यक्ति र सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै मानिस अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भन्दै उहाँले सङ्क्रमण देखिएको क्षेत्रमा भने फेरि लकडाउन हुन सक्ने बताउनुभयो ।

नगरवासीहरूले घरबाट बाहिर निस्किँदा उनीहरू सङ्क्रमित नरहेको पहिचान स्वरूप मोबाइलमा हरियो कोड देखाउनुपर्छ । सरकारले सङ्क्रमित नभएका व्यक्तिको मोबाइलमा हरियो कोड उपलब्ध गराएको हुन्छ । यदि कुनै व्यक्ति सङ्क्रमितको सम्पर्कमा पुगेमा उसको मोबाइलमा रहेको हरियो काेड स्वतः हट्छ ।

शङ्घाईबाट बाहिर जान भने अझै पनि प्रतिबन्ध रहेको छ । अर्को सहरबाट शङ्घाई पुग्नेले अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्छ । विद्यालय, चलचित्र घर, सङ्ग्राहलय र व्यायाम घर भने अझै बन्द छन् । लकडाउन सकिएपछि शङ्घाईका बासिन्दाहरूले उत्सव मनाएका छन् । मानिसहरू सडक छेउमा भेला भएर नाचगानसमेत गरेका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया