काेराेनाविरुद्धकाे लडाइँमा नेपालले छाेटाे समयमै सफलता प्राप्त गर्‍याे : अध्यक्ष ओली

 जेठ २४, २०७९ मंगलबार १७:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले कोभिड सङ्कटका बेला आफू नेतृत्वको सरकारले नागरिककाे जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै देशहरूले भन्दा बढी छिटो सफलता हात परेको बताउनुभएको हो । 

पुष्प वरुवाल स्मृति फाउन्डेशनले आज मङ्गलवार भक्तपुरको बालकोट (ओली निवास) मा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘चिकित्सकहरूले आफनै जीवनको सुरक्षाको समेत प्रवाह नगरि उपचार उपलब्ध गराउनुभएको थियो । हामीले यसलाई गम्भीरताका साथ लियौँ र छोटो समयमै तीव्र गतिमा प्रगति गर्‍याैँ स्वास्थ्य क्षेत्रमा । राजनीतिक स्वार्थभन्दा माथि उठियो । अर्थतन्त्र पहिलो भन्ने देशहरू पनि थिए तर हामीले स्वास्थ्य पहिलो प्राथमिकता, मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाइँमा सफलता पायौँ ।’

अमेरिकामा कोभिड सङ्क्रमणपछि निधन हुनुभएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरूको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँले स्व. बरुवालमा देश र जनताको पक्षमा केही गरौँ भन्ने भावना रहेको पनि उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया